(१) नियम ९ बमोजिम दर्ता भएको पुनरावेदनबाट विभागीय सजाय दिने अधिकारीले अपनाएको कार्यविधि सम्बन्धी त्रुटीले वा अन्य कुनै कारणले गर्दा पुनरावेदकलाई मर्का परेको छ भन्ने देखिएमा सोको कारण समेत दर्शाई अदालतले अरु जाँचबुझ गर्न सजाय दिने अधिकारीलाई आदेश दिन सक्नेछ । त्यसरी आदेश भएकोमा अरु जाँचबुझ गरी त्यस्तो जाँचबुझबाट देखिएका कुराहरु खुलाई अदालतमा पठाउनु पर्नेछ ।
(२) अदालतले यस नियमावली बमोजिम परेको पुनरावेदनको कारवाही गर्दा सम्बन्धित पक्षसंग केही कुरा बुझ्नु परेमा बुझ्न र सम्बन्धित कागजपत्र दाखिल गराउन सक्नेछ । तर विभागीय सजाय दिने अधिकारीलाई निजले गरेको विभागीय कारवाहीको सम्बन्धमा
प्राप्त गरेको जानकारीको श्रोत खुलाउन कर लाग्ने छैन ।
(३) अदालतले प्राप्त कागजातको आधारमा सजाय हुनु पर्ने अवस्थाको औचित्यको समेत विचार गरी विभागीय सजाय दिने अधिकारीले दिएको सजाय सदर वा वदर गर्न वा सजाय घटाउने वा सफाई दिने गरी पुनरावेदनमा अन्तिम निर्णय दिनेछ ।
(४) अदालतले आफू कहाँ परेको पुनरावेदनमा त्यस्तो पुनरावेदन परेको मितिले सामान्यतया छ महीना भित्र निर्णय गर्नु पर्नेछ ।